हरियाली सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा समपन्न
सुन्दरहरैंचा/ कार्तिक ४ गते
हरियाली सामुदायिक वनको १९ औं बार्षिक साधारण सभा समपन्न
सुन्दरहरैंचा नगरपालिका वडा -६ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेश राईको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रमका अध्यक्ष राईले निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा व्यवस्थापन गर्न नियमित बैठक ११ पटक तथा अन्य बैठक १३ पटक गरी जम्मा २४ पटक बैठक बसेको, वन कार्यालयले सञ्चालन गरेको विभीन्न तालीम तथा गोष्ठीहरुमा सहभागिता जनाएको, विपन्न वर्गका उपभोक्ताहरुलाई दाह संस्कारकालागी निशुल्क दाउरा उपलब्ध गराएको, कार्यालयलाई आवस्यक्ता अनुसार प्लाष्टिक कुर्सी थप ३० थान र एक थान टेबल खरिद गरिएको बताउनुभयो।
राईले वन क्षेत्रलाई एग्रो टुरिजमको रुपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्दै उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।
यसैगरी ०८०/०८१ को आयव्यय प्रस्तुत कोषाध्यक्ष फुलसरा तामाङले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सो वडाका अध्यक्ष सन्तोष लिन्देंनले संमृद्धिका लागि वन आजको आवश्यकता भएको बताउनु भयो । उहाँले सम्पूर्ण गरिवी निवारण र सामाजिक बिकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकार संग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा सव डिभिजन वन कार्यालय लाटीझोडाका सहायक वन अधिकृत अमृत विलास पन्तले वनको व्यवस्थापन गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्न आवश्यक भएको बताउनु भयो । वनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा आम उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
सामुदायिक बन भनेको तपाई हाम्रो सम्पत्ति हो आपनत्व लिनु पर्छ , जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो , भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने , सामुदायिक को बिधान अनुसार काम गर्न जरुरी छ , बनको हैसियत सुधार्नु पर्यो ,सहि सदुपयोग हुने पर्ने , पछिल्लो समयमा बन जङ्गल दिनहु भैरहेको बन अतिक्रमणले निकट भबिस्यमा मरुभूमि हुन्छ , तेहि भएर आजै बाट बन र जैबिक बिबिधता सरक्षणमा जुट्नु पर्नेमा जोड दिनुभयो ।
साथै १९ औं बार्षिक साधारणसभाबाट लामो समयदेखि रिक्त रहेको पदमा सचिवमा तुलसा घिमीरे, सह सचिव सीता मगर र सदस्यमा सुनिल कार्की सर्वसम्मत द्वारा निर्वाचित हुनुभएको छ ।
१९ औं बार्षिक सभामा लेखा समिति संयोजक लोक बहादुर तामाङले बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्नु भयो। सो कार्यक्रमको सहजीकरण कार्यालय सचिव बिनोद अधिकारीले गर्नुभयो। सो कार्यक्रममा सुन्दर सामुदायिक वनका अध्यक्ष कमल अधिकारी, वडा -५ का अध्यक्ष गणेश चौधरी, लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
