पशुपति वनद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान


पथरी शनिश्चरे समाचारदाता, असाेज-१९ गते
। जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री र पूर्व पदाधिकारीलाई सम्मान गर्दै मोरङको पथरीशनिश्चरे—१० स्थित पशुपति सामदायिक वन उपभोक्ता समूहको शक्रबार १४ औं वार्षिक साधारण सभा समापन भएको छ ।
उपभोक्ताका २५ जना जेहेन्दार छोराछोरीलाई शैक्षिक सामाग्री स्वरुप स्कुल व्याग र विद्यालय पोषाक स्वरुप जनही १५ सय रुपैयाँ प्रदान गरिएको समूहका अध्यक्ष पुष्पराज शाहीले बताए ।
साधारण सभाको उद्घाटन कार्यक्रममा संस्थाको पूर्व अध्यक्ष चन्द्रबहादुर कार्की, उपाध्यक्ष गोपाल फूयल र कोषाध्यक्ष शकुन्तला राईलाई सम्मान पत्र र करुवाले सम्मान गरेका छन् ।
सम्मानित व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद गीता तिम्सिना, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश महासचिव रेनुका दाहाल, सदस्य अग्नि पौडेल, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, महासंघ नगर अध्यक्ष मैना आचार्य लगायतबाट शैक्षिक सामाग्री वितरण र सम्मान गएिको थियो ।
समूहलाई शुभकामना दिदै प्रदेश सांसद गीता तिम्सिनाले वन क्षेत्रमा भएको कानूनी अड्चन संशोधन, कानुन निर्माण तथा यस क्षेत्रको विकासमा लागि पर्ने बताए ।
संस्थाका उपाध्यक्ष बालकुमार मगरले स्वागत गरिएको कार्यक्रममा सचिव आरती राईले प्रगति प्रतिवेदन, लेखा समिति संयोजक ओम ढकालले लेखा प्रतिवेदन प्रस्तुत भएको थियो ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय पथरी, छिमेकी सामुदायिक वनका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रम विवेक न्यौपानेले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *