उत्तर प्रसुती घरभेट कार्यक्रमको समीक्षा तथा योजना समीक्षा गोष्ठी

पथरीशनिश्चरे : आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहमा उत्तर प्रसुती घरभेट कार्यक्रमको समीक्षा तथा आ.व.२०८१/०८२ को योजना समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगर अस्पताल, नगरका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट आ–आफ्नो योजनाहरु स्वास्थ्यकर्मीले प्रस्तुत गर्नुभएको थियो ।


सो कार्यक्रमको अध्यक्षता नगर उप–प्रमुख देविमाया काफ्लेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन अनमि तुलशा लकान्द्रीले गर्नुभएको थियो । कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगर, सिअहेव अधिकृत एकराज खत्री, नगरका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ