पुर्वान्चल बिश्वबिधालयका उपकुलपतिको कक्ष तोडफोड गर्ने २ जना पक्राउ
एलएन गच्छदार
पुर्वान्चल बिश्वबिधालयको उपकुलपति यादवराज कोईरालाको कार्यक्ष लगायत केन्द्रीय कार्यलयमा आइतबार तोडफोड भएको छ। उक्त तोडफोड घटनामा संलग्न पुर्वान्चल बिश्वबिधालयका नेता पास्टर घिमिरे र शिवरत्न साह पक्राउ परेको प्रहरी चौकी गछियाले जनाएको छ ।
पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालय बाहिर झ्याल सिसा , ढोका, गमला , टेबल कुर्सी , टेलिफोन लगायतमा तोडफोड गर्दै उपकुलपतिको कक्षमै प्रवेश गरि उपकुलपति बस्ने कुर्सी टेबलमा तोडफोड गरेका छन । बिद्यार्थी नेताहरु मोटरसाइकलमा बिराटनगर तिर जाँदै गरेको अवस्थामा प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई इलाका प्रहरी बेलबारीमा राखिएको जनाएको छ।
अर्को तर्फ उपकुलपति कोइरालासंग घटनाको बिषयमा बुझ्न खोज्दा आफू नभएको अवस्था घटेको घटना बताए। तर कुन समुहले गरेको किन गरिएको भन्ने बिषयमा बोल्न चाहेन्न।
केन्द्रिय कार्यालयमा कार्यत सुरक्षाकर्मीका अनुसार बिहान स्थानियले बन्द गरेको सेवा आयोगको ताल्चा फुटाएर खोलेको थियो भने आफुहरु चिन्न नसकेको १७ जनाको समूह बेलुका ३ बजे आएर रोक्न खोज्दा खोज्दै तोडफोड गरेको बताए।
