सुन्दरहरैंचाको वडा १ मा क्षमता बिकास तथा उदघोषण तालिम संचालन

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा १ मा दलित समुदायका लागि क्षमता बिकास तथा उदघोषण तालिम  संचालन सुरु भएको छ।

सुन्दरहरैंचा नगरपालिका वडा १ को आर्थिक सहयोगमा परोपकार महिला समाजको आयोजना उक्त तालिम ३० जना भन्दा बढी  प्रशिक्षार्थीले सहभागी जनाएका छन।

सो वडाका अध्यक्ष राम बिश्वासको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त तालिममा बिश्वासले कार्यक्रममा सम्बोधन गर्दै तालिम लिएर व्यबहारमा उतार्नु पर्ने जोड दिनु बताए।

प्रगती महिला समाजका अध्यक्ष पार्वती गच्छदार , सुन्दरहरैंचा नगरपालिका वडा ११ का महिला सदस्य सुस्मा चौधरी , सो वडका महिला सदस्य धारणा खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उक्त तालिमको प्रशिक्षण एलएन गच्छदारले सजिकरण गर्दै छ्न।

परोपकार महिला समाजकी अध्यक्ष निरु बंजगाईंको सभाध्यक्षतामा संचालन भएको तालिममा बंजगाईंले महिलाहरुको क्षमता बिकास र नेतृत्व बिकास गर्न यस किसिमको तालिम लिन आवश्यक रहेको भन्दै तालिम उपलब्धिमुलक हुने कुरामा आफू बिश्वस्त रहेको बताए।

उदघाटन सत्रमा कार्यक्रममा सो कार्यक्रम संयोजक चन्द्रकला कार्कीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन भने होमकुमारी बिकले कार्यक्रम संचालन गरेकी थिइन।

उक्त तालिममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। उक्त तालिम ५ दिन सम्म चल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *