बाक्लो हुस्सुका कारण सडक जोखिम न्यूनीकरण गर्न रिफ्लेटर टाँस
केही दिनयता जाडो बढे संगै तराईका स्थानहरुमा बिहानैदेखि बाक्लो हुस्सु लाग्न थालेको छ । तापक्रम घट्दै जाँदा चिसो पनि बढ्न थालेपछि बाक्लो हुस्सु लाग्दा सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । यही कारण दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ ।
जाडो याम सुरु भए संगै तराईमा बाक्लो हुसु लाग्न थालेपछि सडक दुर्गघटना जोखिम पनि बढेको छ। यति बेला ट्राफिक प्रहरीलाई पनि थप भार पर्ने भएको छ।
पुर्वान्चल टिपर व्यावसायि संघले मोरङ लगायतका जिल्ला ट्राफिक कार्यालयको संमन्व्यनमा दुर्घटना जोखिम नहोस भन्नका लागि सचेतनामुलक कार्यक्रम भने सुरु गरेको छ।
ट्राफिक प्रहरी पोस्ट हरैंचाका प्रहरी सहायक निरीक्षक मोतिराज दाहाल अनुसार हुस्सु लागेका बेला र रातको समयमा टल्किने ‘रिफ्लेक्टर’ सवारीसाधनमा टाँस्न थालिएको हो ।
यस्तो अवस्थामा दुर्घटना नहोस् भनेर मोरङमा ट्राफिक प्रहरीले सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्न थालेको छ । सामाजिक दायित्व पुरा गर्न टिपर ब्यबसायले समेत सहजीकरण गरिएको पुर्वाञ्चल टिपर ब्यबसाय संघका निबर्तमान अध्यक्ष गोपाल कार्कीले बताए।
बाक्लो हुस्सु र कुहिरोले सवारीसाधन चलाउन समस्या हुने र संभावित दुर्घटना न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमले सहयोग पुग्ने स्थानिय कवल बिश्वासको भनाइ छ।
टल्कने बस्तु टाँसिएका सवारी साधनलाई अर्को सवारी साधनका चालक, यात्री र पैदलयात्रीले समेत स्पष्ट देख्ने भएकाले सतर्कता अपाउन मद्दत गर्छ । अनि दुर्घटनाको जोखिम पनि स्वतः घट्छ ।
मोरंगको बिराटनगर, नेताचौक, बिराटचौक, उर्लाबारी लगायतका स्थानमा सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउने काम भइरहेको ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए । कार्कीले हुस्सु लागेका बेला सवारीसाधन सञ्चालनमा सहजता ल्याउन चालकलाई प्रशिक्षण दिन थालिएको बताए ।
ठेला, रिक्सा, सीटी सफारी, साइकल, ट्याक्टर, टिपरलगायतका सवारीसाधनमा ‘रिफ्लेक्टर’ लगाउन थालिएको छ । गाडीमा ‘फग लाइट’को व्यवस्था गर्न तथा हुस्सु लागेका बेला उक्त लाइट बालेर मात्रै सवारीसाधन चलाउन चालकलाई भनिएको छ ।
हुस्सु लागेका बेला नजिकैको वस्तुसमेत नदेखिने हुँदा दुर्घटनाको जोखिम बढी हुने भएकाले तीव्र गतिमा सवारीसाधन नचलाउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ। सवारी दुर्घटना रोक्नलाई चालक, पैदलयात्रु, विद्यार्थी, तथा सर्वसाधारणलाई समेत भेला जम्मा पारेर आवश्यक प्रशिक्षण दिने र सचेतनामूलक कार्यक्रम गर्ने गरिएको छ । यस्ता सचेतनामुलक कार्यक्रम निरन्तर गर्ने र ब्यबहार लागु गर्ने हो भने सडक दुर्घटनामा न्युनिकरण गर्न मदत पुग्ने छ।
