नेताचोकमा वातावरणीय समस्यालाई मध्यनजर गर्दै वृक्षारोपण कार्यक्रम

एलएन गच्छदार/ ग्रामथान

मोरंग ग्रामथान गाउँपालिका वडा -७ नेताचोक मुख्य बजारको सडक छेउमा अत्याधिक तापक्रम वृद्धि तथा वातावरणीय समस्यालाई मध्यनजर गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्भावित ग्रामथान जेसिजको आयोजनामा सामाजिक उतरदायित्व वहन गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सब- डिभिजन वन कार्यालय बेलबारी र सलकपुर मार्फत बिरुवा उपलब्ध गराएर वृक्षारोपण सम्पन्न गरेको हो ।

बिरुवा संरक्षणलाई मुख्य प्राथमिकतामा राखी घेराबेरा सहित करिब ३ सय वृक्षारोपण गरेको सो वडाका अध्यक्ष तथा स.ग्रामथान जेसिज अध्यक्ष बिरेन्द्र चौधरीले बताए । विश्वव्यापी तापमान वृद्धि, वायु प्रदूषण लगायत अन्य वातावरणीय समस्यालाई मध्य नजर गर्दै वृक्षारोपण कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरेको अध्यक्ष चौधरीले बताए । ग्रामथान वडा नं ७ कार्यालयको सहकार्यमा इलाका प्रहरी कार्यालय हरैंचा, सशस्त्र बेश क्याम्प डंग्राहा, नेताचोक बजार ब्यबस्थापन, ग्रामथान भरीका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *