हिमालयको दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम

एलएन गच्छदार
बैशाख २३ गते , आइतबार

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हिमालय इंगलिस स्कुलले दीक्षान्त तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ।

स्कुलका प्रिन्सिपल कमल खनालको अध्यक्षताम संचालन भएको सो कार्यक्रम नगर प्रवक्ता तथा नगर शिक्षा संयोजक रोशनप्रसाद ढकालले कार्यक्रमको उदघाटन गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले शिक्षामा सिमित स्रोतबाट असीमित आवश्यकता पुरा गर्न नगरपालिकाले नयाँ कार्यक्रम ल्याउन र शैक्षिक हवको रुपम बिकास गर्न जोड दिएको बताउदै नगर प्रवक्ता रोशनप्रसाद ढकालले सबै पक्षलाई एउटै मालामा उनेर अघि बढ्न जोड दिएका छन् ।

युकेजीबाट उतिर्ण भएर कक्षा १ मा अध्यनरत विद्यार्थी ३५ जना र कक्षा ५ बाट उतिर्ण २४ जनालाई दीक्षित गरेका थिए। साथै कक्षागत हिसाबले उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने विधार्थीलाई हौसला प्रदान गर्न पुरस्कार समेत वितरण गरेको प्रिन्सिपल कमल खनालले जानकारी दिएका छन् । साथै कार्यक्रमको उद्धेश्य र विधालयको गतिबिधि तथा रणनीति बारे प्रिन्सिपल खनालले प्रष्ट पारेका थिए ।

सो कार्यक्रममा बिबिध संस्कृतिक कार्यक्रम, तेक्वान्दो कला प्रदर्शनी तथा विधार्थीले बिभिन्न बिषयमा वक्तृत्व कला प्रस्तुत गरेका थिए। सो अवसरमा एन प्याबसन नगर अध्यक्ष खगेन्द्र धिमाल लगायत बिभिन्न क्षेत्रका शिक्षाप्रेमी, अभिभावकको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *