लायन्स क्ल्व अफ गछियाबाट बुद्ध आधारभूत विधालयमा स्टेशनरी सामाग्री वितरण
एलएन गच्छदार
फागुन १४ गते
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ६ मा रहेको बुद्ध आधारभूत विधालयमा अध्ययनरत रहेका विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । सोमबार सो बिधालयमा अध्ययनरत विधार्थीहरुलाई लायन्स क्लब अफ गछियाले स्टेशनरी सामाग्री वितरण गरेको हो ।
लायन्स क्लव अफ गछियाका अध्यक्ष मातृका चापागाईंले विद्यालयमा भएका विद्यार्थीलाई स्टेशनरी सामाग्री मध्ये १५० थान कापि, पेन्सिल, इलेजर कटर लगायत साम्राग्रीहरु वितरण गरिएको जानकारी दिनुभयो । क्लबका अध्यक्ष चापागाईंले यस किसिमको कार्यले बालबालिकाको शिक्षा क्षेत्रमा सर्वाङगिन विकासको लागि काम गर्न, शारिरीक,बौद्धिक, सामाजिक विकासमा अगाडि बढ्न र हौसला र प्रेरणा दिन थप मदत पुगेको बताउनुभयो । यस संस्थाले रक्तदान, बृक्षारोपण, न्यायो कपडा वितरण लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।
सो बिधालयमा अधिकांश बिधार्थिहरु ऋषिदेव समुदायका छन्, विद्यालयमा अध्यनरत बालबालिकाको परिवारको आर्थिक अवस्था नाजुक छ । सामान्य कपडा, कापी कलम सम्म किन्न सक्ने क्षमता छैन । आफ्ना छोरा छोरीलाई कापी कलम किन्न नसक्ने हुँदा स्कुल नपठाउने र बिचैमा छोड्न लगाउने आर्थिक अवस्था कमजोर भएका अभिभावक समेत छन् । उनीहरुको मुख्य पेशा ज्यालामजदुरी नै हो ।
बाल कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने सो विधालयमा १०६ जना विद्यार्थी रेकर्डमा भएपनि विद्यार्थीको उपस्थिति कमै देखिन्छन । यसरी आधारभूत विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई स्टेशनरी समाग्री अन्तर्गत कापी र पेन्सिल लगायत सामाग्री पाएपछि विद्यार्थी बालबालिकामा खुसी देखिएका छन ।
बि.स २०५० सालमा स्थापना भएको सो विधालयमा भवन निर्माण बन्ने पनि झ्याल ढोका नहुँदा बिधार्थी अवस्था दयनीय रहेको र घरघरमा सिंहदरबार आएको भनिए पनि स्थानिय सरकार सक्रिय नभएको स्थानीय लक्ष्मी प्रसाद चापागाईंको गुनासो छ ।
प्रध्यानाध्यापक युवराज आचार्यले अभिभावकको आर्थिक अबस्था कमजोरसंगै , बालबालिकाको घरमा सुत्ने अबस्था समेत दयनीय रहेको बताउनुहुन्छ । तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत ४४ लाखमा ठेक्का लिएर विद्यालयको नयाँ भवन निर्माण भएपनि झ्याल ढोक्का छैन । सो विद्यालयका प्रध्यानाध्यापक अनुसार जाडो मौसममा बिधार्थीलाई पढाउन असजहुने अर्को तर्फ हावाहुन्डेरी र वर्षायाममा समेत पठन पाठन गराउन गार्हो हुने बताउनुहुन्छ ।
यस अघि सो विद्यालयमा लायन्स क्लव अफ बिराटनगर युनिकले न्यानो कपडा समेत वितरण गरेको थियो। सो स्टेशनरी सामाग्री वितरण कार्यक्रममा लायन्स क्लब एरिया चिप मनिता दंगाल, रिजन चियर पर्सन संजु सिवाकोटी, लायन्स क्लब अफ गछियाका उपाध्यक्ष हेमन्त भट्टराई, लिला प्रसाद अधिकारी, सचिव पार्वती गच्छदार, शिक्षक, बिधालय ब्यबस्थापन समिति लगायतको उपस्थिति रहेको थियो ।