ज्योति माध्यमिक विद्यालयको ६० औं  स्थापना तथा अभिभावक दिवस

एलएन गच्छदार

सुन्दरहरैंचा /माघ २९ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको ज्योति माध्यमिक विद्यालयले सोमबार ६० औं  स्थापना तथा अभिभावक दिवस  मनाएका छन।

विद्यालय व्यवस्थापन  समिति अध्यक्ष अरुण सुबेदीको सभाध्यक्षता संचालित सो कार्यक्रमको उदघाटन नगरउपप्रमुख अकली चौधरीले गर्नुभयो।

हाल सम्म छात्रवृत्तिकोषमा रहेको १५ लाखबाट १ लाख १७ हजार बराबरको रकम विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको प्रध्यानाध्यापक यामप्रसाद सिग्देलले जानकारी दिनुभयो।  १२ जना अक्षयकोषदाताबाट ४९ जना बिद्यार्थीलाई छात्रवृत्ति गरेको थियो भने सुन्दहरैंचा स्पोर्ट्स मिट तथा  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिभिन्न खेलमा प्रथम, द्धितिय र तृतीय स्थान ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो।

 साथै अतिरिक्त तथा पुर्व विद्यार्थी आयोजित भलिबल  प्रतियोगिता, विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ तथा शिक्षक कर्मचारीका बिचमा आयोजित म्युजिकल चेयर तथा मोटरसाइकल स्लो रेस लगायतका बिजेतालाई पुरस्कार वितरण तथा बिभिन्न बिद्यामा उत्कृष्ट विद्यार्थी गरी ६० जना भन्दा बढीलाई पुरस्कार वितरण गरेको थियो ।

विद्यालयले बिभिन्न जातियभेषभुषामा सांस्कृतिक झल्किने नृत्य प्रस्तुत तथा  गायन प्रस्तुत गरेको थियो। साथै कार्यक्रममा  वडा ५ का अध्यक्ष गणेश चौधरी, वडा ६ का अध्यक्ष सन्तोष लिङ्देन शिक्षाप्रेमी , सामाजिक व्यक्तित्व, पुर्व बिधार्थी, अभिभावक तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *