ग्रामथानमा सवारी दुर्घटना, तीन जना घाइते

सुन्दरहरैंचा । मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् । 

को १ त ६६६६ नम्बरको ट्याक्टरले बा १७ च ४८१९ नम्बरको कारलाई ठक्कर दिएको थियो । अनियन्त्रित भएर ट्याक्टरले ठक्कर दिएपछि कारमा सवार तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ट्र्याक्टर र कार एक आपसमा ठोक्किदा कार सडक भन्दा केही पर खेतबारीमा उछिटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *