सुन्दरहरैंचा वडा ५ मा जग्गाको निस्सा बितरण कार्य सुरु

एलएन गच्छदार 
असोज २२ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ कार्यालयले अव्यवस्थित बसोबास, भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा बितरण सोमबारदेखी सुरु गरेका छन।

औपचारिक कार्यक्रम गरी नगरप्रमुख केदार प्रसाद गुरागाईं र सो वडाका अध्यक्ष गणेश चौधरीले संयुक्तरूपमा भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने परिवारका सदस्यलाई जग्गाको निस्सा पत्र बितरण गरेको हो।

वडामा भुमिहिन सुकुम्बासी , दलित भुमिहिन, अव्यवस्थित बसोबास गर्नेको संख्या ७ सय घरपरिवारलाई बितरण गर्ने अध्यक्ष चौधरीले बताए।

नगरप्रमुख गुरागाईंले सुन्दरहरैंचामा  लामो समय  सम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गर्दै हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको र छिट्टै नै उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने बताए ।

नगरप्रमुख गुरागाईका अनुसार – “पहिलो चरणमा नगरमा सबै प्रक्रिया पुगेकाले निस्सा वितरण सुरु गरेका हौं’ ‘पुर्जा वितरणका लागि केन्द्रबाट नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *