लायन्स क्लब अफ बिराटनगर मोरङको ओरेन्टेशन तथा मास्टर अफ सेरोमणि तालिम

लायन्स क्लब अफ बिराटनगर मोरङले ओरेन्टेशन तथा मास्टर अफ सेरोमणि तालिम तथा प्रमाण पत्र वितरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ।

लियो क्लबमा आवद्ध नवप्रवेशी ३० जनाले सो तालिममा सहभागी भएका थिए । क्षमता विकास, मानव समाजमा पारस्परिक सहयोग,व्यक्तित्व बिकास र सीप बिकास विषयमा प्रशिक्षण दिइएको थियो ।

कोशी हेल्थ कलेजको सभा हलमा लायन्स क्लब अफ बिराटनगर मोरङका अध्यक्ष बिएन चौधरीको अध्यक्षतामा संचालित तालिममा चांदबाबु इराकी र एलएन गच्छदारले प्रशिक्षण गरेका थिए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब अफ बिराटनगर मोरङका अध्यक्ष चौधरीले यस किसिमको तालिमले लियोको कार्यकुशलता बढ्ने र आफूले सिकेको बिषय प्रयोगमा ल्याउनुपर्ने र समाज सेवाका निम्ति अघि बढ्न उत्प्रेरणा मिल्ने बताए।

लायन्स कल्ब अफ बिराटनगर मोरंगका संस्थापक अध्यक्ष बिकास अधिकारीले तालिममा सहभागीलाई प्रमाणपत्र बितरण गरेको थियो। उक्त अवसरमा रिजन चेयर पर्शन सुदन पौडेल, कार्यक्रम निर्देशक सुर्यनारायण चौधरी, लियो क्लब अफ बिराटनगर अध्यक्ष मनोज लामिछानेको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *