सुन्दरहरैँचा टिपरको ठक्करबाट १८ महिने बालिकाकाे मृत्यु

इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा टिपरको ठक्करबाट १८ महिने बालिकाकाे मृत्यु भएकाे छ । सडक देखि केहि मिटर पर खेलिरहेकी बालिकालाई को १ ख ६८२५ नम्बरको ट्रिपरले ठक्कर दिएपछि घटनास्थलमै उनकाे मृत्यु भएकाे हाे ।

ठक्करबाट सुन्दरहरैँचा १२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । घटना पछि टिपर आतंक बन्द गरिनुपर्ने , मृतककाे परिवारलाइ क्षतीपुर्ती दिनुपर्ने जस्ता माग राख्दै आफन्तहरूले केहि समय प्रदर्शन समेत गरेका थिए ।

घटनापछि ट्रिपर र चालक केराबारी गाउँपालिका १० का अन्दाजी ३५ वर्षीय राजकुमार लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाबारे थप अनुशन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ