शिक्षा र संस्कृतिको संगम : पूर्वाञ्चल पब्लिक स्कुलको १७ औँ वार्षिकोत्सव उल्लासमय रूपमा सम्पन्न

सुन्दरहरैँचा (मोरङ)विद्यालय केवल पढाइ हुने स्थान मात्र होइन, संस्कार, सिर्जना सामूहिक भावनाको पाठ सिकाइने थलो पनि हो। यही सन्देशलाई जीवन्त बनाउँदै मोरङको सुन्दरहरैँचा–मा रहेको पूर्वाञ्चल पब्लिक स्कुलले आफ्नो १७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उल्लासमय वातावरणमा सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिताले वातावरण उत्सवमय बनेको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईं प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कार्यक्रम विद्यालयका अध्यक्ष ओम बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईंले शिक्षा समाज परिवर्तन गर्ने सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै विद्यालयले गुणस्तरीय शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले आधुनिक प्रविधिसँग जोडिएको शिक्षा आजको आवश्यकता भएको बताउँदै डिजिटल प्रविधि अपनाएर विद्यालयले उदाहरणीय काम गरिरहेको धारणा राखे।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईले विद्यालयको शैक्षिक प्रगति, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराए। उनले विद्यालयले कक्षा देखि १० सम्मका सबै कक्षामा स्मार्ट कक्षा प्रणाली लागू गरिसकेको जानकारी दिँदै प्रविधिमैत्री शिक्षामार्फत विद्यार्थीलाई समयअनुकूल शिक्षा प्रदान गर्ने लक्ष्य पूरा गरिएको बताए। साथै विद्यालयका सबै कक्षा कोठामा एसी जडान गर्ने कार्य पनि सुरु गरिएको उनले जानकारी दिए।

डिजिटल माध्यममार्फत पढाइलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीलाई आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने हाम्रो लक्ष्य हो,” प्रिन्सिपल राईले भने, “आगामी दिनमा विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने हाम्रो प्रतिबद्धता छ।”

विद्यालयका चेयरमेन मोहन प्रसाद ढकालले विद्यालयको यात्रा सहज नभए पनि विभिन्न आरोह–अवरोह पार गर्दै आजको स्थानमा आइपुगेको बताए। शिक्षक, अभिभावक स्थानीय समुदायको साथ विश्वासकै कारण विद्यालय निरन्तर अघि बढिरहेको उनको भनाइ थियो। उनले भविष्यमा विद्यालयलाई अझ नमुना शिक्षालय बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्ने अन्य अतिथिहरूले विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। विद्यालय, अभिभावक समुदायबीचको सहकार्य बलियो बने मात्र गुणस्तरीय शिक्षा सम्भव हुने उनीहरूको भनाइ थियो।

सो अवसरमा समाजमा योगदान पुर्‍याएको भन्दै सुकुना क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, राजकुमार तामाङ केशव कुमार सुनामलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट अभिभावकहरूलाई पनि सम्मान गर्दै विभिन्न पुरस्कार प्रदान गरिएको थियो।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, भाषण, नाटक तथा कला प्रस्तुतीहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए। साना बालबालिकादेखि ठूला कक्षाका विद्यार्थीहरूसम्मले आफ्नो प्रतिभा प्रस्तुत गर्दा अभिभावकहरू भावुक गर्वित देखिन्थे।

कार्यक्रमकै अवसरमा पूर्वाञ्चल पब्लिक एक्स्पो २०८२” पनि सञ्चालन गरिएको थियो, जहाँ विद्यार्थीहरूले तयार पारेका शैक्षिक सामग्री, सिर्जनात्मक परियोजना तथा विभिन्न प्रदर्शनी प्रस्तुत गरिएका थिए। यसले विद्यालय केवल पढाइको केन्द्र मात्र नभई प्रतिभा उजागर गर्ने सृजनशील मञ्च पनि भएको सन्देश दिएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो, जसले विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गरेको विद्यालयले जनाएको छ।

१७ वर्षअघि सानो प्रयासबाट सुरु भएको पूर्वाञ्चल पब्लिक स्कुल आज सुन्दरहरैँचामा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा स्थापित हुँदै गएको छ। विभिन्न चुनौती संघर्षका बीच निरन्तर अघि बढ्दै आएको विद्यालय अहिले नमुना शिक्षालय बन्ने यात्रामा अग्रसर रहेको स्थानीय अभिभावकहरूको विश्वास छ।

वार्षिकोत्सव समारोहले विद्यालय, अभिभावक समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा संस्कृतिको सुन्दर संगम प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा सहभागी सबैले विद्यालयको आगामी यात्रा अझ उज्ज्वल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *