न्युयोर्क दुर्घटनामा नेपाली उबर चालक थापाको मृत्यु

काठमाडाै । अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिक हाइवेमा भएको दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ।डेल्ली न्युजका अनुसार अनुसार अमेरिकामा उबर चलाउँदै आएका ३२ वर्षीय मनोज थापाको दुर्घटनामा परी मृत्यु भएको हो। मनोजकी काकाकी छोरी अनिशाले उनी बितेको खबर सुन्दा आफूहरु कसैलाई पनि विश्वास नलागेको बताइन्।

मनोज गत वर्ष मात्र न्यु जर्सीबाट न्युयोर्क आएका थिए। सात वर्षको न्यु जर्सी बसाइपछि न्युयोर्क आएका उनले उबर चलाउने काम सुरु गरेका थिए।समाचारमा उल्लेख गरिएअनुसार गाजानुस एक्सप्रेसवेको सनसेट पार्कनजिकै मनोजको गाडीको अर्को एउटा गाडीले सामान्य ठक्कर दिएको थियो।

त्यसपछि दुवै गाडीका चालक आ–आफ्नो गाडीमा भएको क्षति हेर्दै थिए। त्यतिबेलै हुत्तिएर आएको एक बीएमडब्यू कारले मनोजलाई ठक्कर दिएको थियो। घटनास्थलमा नै मनोजको मृत्यु भएको प्रहरीले बताएको छ। 

मनोजको परिवारका अधिकांश सदस्य नेपालमा छन्। अनिशाले मनोज निकै राम्रो चालक रहेको र गाडी चलाउँदा उनी निकै सतर्क हुने गरेको बताइन्। उनी  सातामा ६ देखि सातै दिन पनि काम गरेर घरमा पैसा पठाउने गर्थे। मनोजले निकै लामो ग्रिन कार्डको प्रक्रिया पूरा गरेर फेब्रुअरीमा नेपाल फर्किएर विवाह गर्ने योजना बनाएको अनिशाले बताइन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *