उर्लाबारीमा भएको आगलागीमा घाइते भएका एकको निधन

facebook sharing button
twitter sharing button
sharethis sharing button

मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका स्थानीयवासी तपन पण्डितको उपचारको क्रममा मृत्यु भएको छ ।

छिमेकी दीपक कार्कीको घरमा भएको सुनचाँदी पसलमा आगो लागेपछि निभाउन गएका  ४३ वर्षीय पण्डितको उपचारका क्रममा आज मृत्यु भएको हो ।

पण्डितको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचाररतमध्ये गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

आगलागी भएपछि निभाउने क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *