निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न

निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न
पथरी शनिश्चरे,समाचारदाता , मङ्सिर -३० गते
निल डेभिड हेयर एण्ड व्युटी
सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
आज आईतबार वडा नम्बर- १ मा रहेको उक्त सेलुनको रिबन काटेर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत र उपाध्यक्ष रवीन्द्रकुमार राई , लाईन्स क्लब अफ पथरिशनिश्चरेका अध्यक्ष तथा पथरिशनिश्चरे नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो।
वडा नं १ का भीमकुमार राईले प्रमुख अतिथिको तर्फबाट ८ अंक अंकित केक काट्नु भएको थियो । उक्त अवसरमा वडाध्यक्ष भीमकुमार राई र उद्योग वाणिज्य सङ्घका अध्यक्ष बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो। निल डेभिड हेयर एण्ड व्युटी सेलुनकी संचालिका मिरा बस्नेतले ८ वर्ष अघि स्थापनाकालमा २५ लाख रुपैयाँ बराबरको लागतमा महिला तथा पुरुषहरुका लागि खोलिएको उक्त सेलुनबाट ३ सय बढी युवा युवतीहरुलाई व्यवसायिक तालिम प्रदान गरिएको बताउनुभयो।हाल दमक, उर्लाबारी र पथरी वजारमा उक्त सेलुन खोलेर १५ जनालाई रोजगारी दिई रहेको बताउनुभएको थियो। नेपालमा ४५ वटा शाखाहरू रहेका छन् भने ८२ वटा विश्वका विभिन्न देशहरूमा शाखा रहेकाे पनि संचालिका बस्नेतले बताउनुभयो। यहाँ महिलाहरूको व्युटी पार्लर र पुरूषहरूको हेयर कटिङ्ग दक्ष कामदारबाट हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *