नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ । टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र मङ्गलबार लिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो । टिकटकले तिहार अघि नै दर्ता प्रक्रिया पूरा गरिसकेको थियो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा टिकटक दर्ता गरिएको हो । टिकटकले आधिकारिक रूपमा नेपालमा दर्ता भएसँगै साइबर अपराधको अनुसन्धानमा सघाउने र नेपालको कानून तथा शर्त मान्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *