बेदबहादुर ह्वील चेयरको सहारामा साउदीबाट फर्किए, तत्कालिन नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा
सुन्दरहरैंचा, श्रावण २३ गते
यी हुन् मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -१ खादमका बेदबहादुर भुजेल। अहिले उनी बैशाखी र ह्विल चेयरको सहारामा संघर्षमय जीवन व्यतित गर्दै छन्। उनको पिडामा मलम लाउने कोहि छैनन। श्रीमती र बच्चाको सपना साकार पार्न बिदेशी भुमीमा श्रम गर्न पुगेका भुजेल रित्तो हात मात्र होइन आफ्नो कर्म गर्ने शरीर गुमाएर ह्वील चेयरमा फर्किए।
आज भन्दा करिब ४ बर्ष अघि साउदी अरबको एक गिट्टी कुट्ने कारखानामा काम गर्दा आफु एकदिन मेसिन बन्द गर्ने क्रममा दुर्घटनामा परी गम्भीर घाइते हुन् पुगे। साउदीको रियादमा फ्यामिली केयर हस्पिटलमा ४ महिना बसे। त्यहाँ बस्दा आफन्त कोही थिएँन कम्पनि समेत जिम्मेबार नहुदाँ २ करोड ५७ लाखको नेपाली रुपैंयाको बिल बन्यो। भुजेलको दुर्भाग्य के थियो भने उनी अवैध रूपमा काम गरिरहेका थिए। त्यसैले कम्पनीले उनको उपचार खर्च बेहोरेन। भुजेल पहिलेको आवस्थामा आउँ सकेन उनको घांटीको समस्या, हातखुट्टा र कमरको हाड्डी भाचियो। अशक्त शरीर एकातिर थियो भने अर्को तिर आफुले उपचार गरेको खर्चको बिल। हार गुहार गर्दा केहि पार नचलेपछि आफ्नो दुखान्त पिडा तत्कालिन नगर प्रमुख शिवप्रसाद ढकालसंग सुनाउन पुगे। ढकालबाट केहि आशाका नाबितम किरण पाएपछी नेपाल फर्किने आशा पलाएर आयो। तत्कालिन नगरप्रमुख ढकालले दुतावाससंग सम्पर्क गरेर आवश्यक प्रक्रिया पुर्याएर झन्डै हस्पिटलको नेपाली रुपैयाँ २ करोड ५७ लाख भन्दा बढी खर्च पुगेको सबै मिनाहा गराएर नेपाल ल्याउने वातावरण मिलायो । यसमा मोरंग-सुनसरी सेवा समाज लयागतको महत्वपूर्ण साथ रहेको छ ।
तत्तकालिन नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा मोरङ-सुनसरी सेवा समाज उर्लाबारीका युवा कुमार कार्की र गैर आवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिहरूको सहयोगमा मात्र स्वदेश फर्किन सफल भएको उनी बताउछन् ।
बुढेसकालमा आमा लक्ष्मी भुजेलको सहारा छोरा बन्नु पर्नेमा अहिले आमाले छोराको हेरविचार गर्नु परेको छ । बैसाखीको सहारामा घर वरिपरि हिँड्न सक्ने भुजेल आफ्नो पीडा यसरी व्यक्त गर्छन्, “गरी खान सकिँदैन, के गर्ने? अपाङ्ग भएर एक्लै बस्दाको पीडा कसले बुझ्छ?” उनकी आमा लक्ष्मी छोराको यस्तो अवस्था देख्दा आँसु खसाल्छिन् र चिन्तित स्वरमा भन्छिन्, “म मरेपछि यसलाई कसले हेर्छ?” भुजेलको संवेदनशिल र शारीरिक अवस्थामा श्रीमतीको हौसला, माया र साथ पाउनु पर्ने तर श्रीमतीले सम्बन्ध बिच्छेद गरी श्रीमान्को अवस्था नबुझी छोडेर गईन।
अहिले सम्म शारीरिक अवस्था कमजोर नै छन। तर पनि केहि गर्ने हिम्मत भुजेलमा छ। अवसरको खोजीमा छन् स्थानीय सरकारसंग अपाङ्गता भएका व्यक्तिलाई दिने अपाङ्गता परिचय पत्र रातो कार्ड पाउन, धाएपनि पाउन सकेको छैन – बेद बहादुर भुजेल। वैदेशिक रोजगारीको चपेटामा परेर थलिएको यो परिवारको दुःखद कथाले स्थानीय सरकारको ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ। यस्ता परिवारहरूलाई सामाजिक सुरक्षा र पुनर्स्थापनाको उचित व्यवस्था गर्नु अत्यावश्यक छ।
