नेपाल भूतपुर्व सैनिक संघ कोशी प्रदेशको अध्यक्षमा खत्री

नेपाल भूतपुर्व सैनिक संघ कोशी प्रदेशको अध्यक्षमा खत्री

योगेन्द्र योगी

मोरङ : कोशी प्रदेशमा भूतपुर्व सैनिक संघ तदर्थ समिति गठन गरिएको छ। नेपाल भूतपुर्व सैनिक संघको विधान २०७४ को परिच्छेदक ११ को ९७ बमोजिम रिक्त हुन गएको भूतपुर्व सैनिक संघ कोशी प्रदेश कार्यसमितिको अध्यक्षमा जनक खत्री (मोरङ) लाई मनोनयन गरिएको जनाएको छ।

खत्रीको अध्यक्षतामा २९ सदस्सीय कार्यसमिति चयन गरिएको भूतपुर्व सैनिक संघकेन्द्रिय कार्यालयले जनाएको छ। संघको कोशी प्रदेश कार्य समितिको सदस्यहरुमा कमल बहादुर सम्पाङ राई र भागिश्वर गुरुङ (इलाम),लाल बहादुर गुरुङ र राम सिंह राई (ताप्लेजुंङ) रहेका छन्।

यसैगरी,लक्ष्मी प्रसाद श्रेष्ठ र मोहन कर्ण कार्की(मोरङ),हेम लाल लिम्बु र नीर बहादुर राई(सुनसरी) र यम बहादुर तामांङ र मान प्रसाद चेम्जोङ्ग(पाँचथर),भगीमान गुरुङ र अमरसिंह लिम्बु (झापा),होम बहादुर लिम्बु र रनमाया गुरुङ(तेह्रथुम),भक्त बहादुर तामांङ र चित्र बहादुर कार्की(भोजपुर),श्याम प्रसाद राई र खिर बहादुर कार्की(धनकुटा), डाक्टर प्रसाद पराजुली र भक्त बहादुर श्रेष्ठ(संखुवासभा) रहेका छन्।

यस्तै, बबल काजी बस्नेत(सोलुखुम्बु),एक राज तामांङ र तेज बहादुर बोगटी(ओखलढुंगा),बिष्णु कुमार राई,चन्द्र बहादुर केसी र सिता राई(उदयपुर),चन्द्र बहादुर लिम्बु र चयनध्वज लिम्बु(सुनसरी) रहेका छन् भने संघको विधि, विधान र अनुशासित तरिकाले संघलाई गतिशील बनाउन पनि केन्द्रले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *