देवकृष्ण अर्को म्युजिक भिडियो तोर बिना नै रहवु सार्वजनिक

एलएन गच्छदार
बैशाख ७ गते / सुन्दरहरैंचा

थारु समुदायका लोकप्रिय गायक तथा संगीतकार देवकृष्ण विश्वासको शब्द रचना रहेको थारु भाषामा कथाबस्तु समेटिएको म्युजिक भिडियो ” तोर विना नै रहवु” सार्वजनिक भएको छ।

हुनत देवले थारु समुदायमा सपना -१ र २ एल्बममा आफ्नो चर्चा कमाइसकेका छन। आफ्नो ब्यस्त जिवन संगै अहिले यो गितबाट उनि जति चर्चा छन त्यो भन्दा बढी यो म्युजिक भिडियोमा खेल्ने कलाकार समेत उतिकै चर्चामा छन।
थारु मोडेल सुस्मिता चौधरी जो मोरङ सुन्दरहरैंचाबासी हुन। उनको मार्मिक प्रस्तुतिका कारण दर्शक माझ अहिके निकै नाम कमाएकी छिन। थारु समुदायमा भएको बिकृति र विसंगतिलाई परिष्कृत गर्दै सचेत नागरिक र परिवर्तन समाज निर्माणमा यो म्युजिक भिडियो मार्मिक रुपमा प्रस्तुत भएको छ।
यसको निर्देशन भुदेव भगतले गरेका छ्न भने उनी मुख्य पात्रको रुपमा खेलेका छन। भगतले यस म्युजिक भिडियो निकै मेहनत गरेका छन । उनले थारु समुदायमा बढिरुपमा संस्कृति झल्कने शब्द रचना गरे पनि यसमा उनि अझै सशक्तरुपमा लागेका छ्न । उनी रेडियो नेपालका प्रस्तोता समेत हुन ।

यसमा थारु मोडेल ओमप्रकाशले समेत उतिकै मेहन गरेका छन। निक्का छोराकोरुपमा गाली खाएका उनी बिदेशीए पछि बाकसमा मृत शरीर आउँदा सुस्मिताको प्रेमजोडीलाई समेत गित र कथा मार्फत देवले परिकल्पना राम्रो संग गरेका छन। यसमा पुष्पे थारु र लक्ष्मण थन्दारको अभिनयलाई समेत सोलुट गर्न सकिन्छ।

दाजुभाइको आपसी प्रेम समेत दर्शाएको छ। थारु समुदाय कृषि पेशामा आधारित छन । खेति किसानीको जिवन र घर गृहस्थीलाई समेटिएको छ। मार्मिक प्रसंगसंगै नेपाली युवाहरु बिदेशीनु बाध्यात्मक परिस्थितिको यथार्थ चित्रण गरेको छ। थारु बिग्रेको दारुको प्रसंगलाई समेत समेटिदै बेकामा छोराको रुपमा गाली खादै ओमप्रकाश वुवाको गाली ठिक्क मान्दै आफ्नी श्रीमती सुस्मितालाई छोडेर बिदेशीनु बाध्यता रहेको देखाएको छ।

जन्म लिएपछि मृत्यु अपरिहार्य छ, मृत्यु संस्कारलाई समेत मार्मिक ढंगले प्रस्तुत गरेको छ। बनदना खवास, नरेश थन्दार, कल्पना हजारी , भुन्टा चौधरी लगायतको कलाकारले अभिनयन गरेका छन ।त्यसै गरी बालकलाकारमा दिबयानशी हजारी र दिपिशा यादव छिन भने अतिथिकलाकारमा एलन गच्छदार र शिव भट्टराई भोजपुरे समेत देख्न सकिन्छ । आइडल क्रेशन एण्ड इन्टरटेन्मेण्टको युटुब च्यानलमा सार्वजनिक गरेको सो म्युजिक भिडियोमा श्रवण चौधरीले छायांकन र सम्पादन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *