राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मोरंग अध्यक्षमा आनद बस्नेत

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको पांचौ बार्षिक साधारण सभा  तथा दोश्रो मोरंग जिल्ला अधिवेशन सम्पन्न भएको छ।

सुन्दरहरैंचा उधोग बाणिज्य संघको सभा हलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा आनद बस्नेत सहित २१ जना  निर्बिरोध चयन भएका छन्।  त्यसै गरि उपाध्यक्षमा सरोज आचार्य, द्धितिय उपाध्यक्षमा सुसिल भट्टराई, महिला  उपाध्यक्षमा यमुना पराजुली बिष्ट, सचिवमा रबिन बंजगाई, कोषाध्यक्षमा तुलसा बस्नेत लगायत चयन भएको हो। 

नयाँ कार्यसमितिलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निबर्तमान केन्द्रिय अध्यक्ष बद्री पंगेनीले पद तथा गोपनियताको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गराएका थिए।   कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पंगेनीले बहुजाति, बहुभाषी तथा बिबिध संस्कृतिको धनि रहेको आफ्नो राष्ट्रिय पहिचान, लोक संस्कृतिका धरोहरलाई संरक्षण गर्न संस्थाको स्थापना भएको धारणा व्यक्त गरे। लोक दोहरी गितको मर्मलाई जीवित राख्न सबै शुभेच्छुक जुट हुन् आवश्यक रहेको बताए ।

शुभकामना मन्तव्य ब्यक्त गर्दै राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य  बिष्णु प्रसाद घिमिरेले संस्थाको बारेमा आफ्ना धारणा प्रस्तुत गर्दै कुनै पनि राजनीतिक पार्टीको आस्था बोकेको संस्था नभई विशुद्ध कलाकारहरुको  सांगठनिक संस्था रहेको बताए। 

पुर्वमा लोक तथा दोहरी गित लोप हुन लागेको अवस्थामा सुन्दरहरैंचा नगरपालिका प्रमुख  केदार गुरागाईंले यसलाई संरक्षणमा जोड दिन आग्रह गर्दै यो क्षेत्रमा समेत उल्लेखनीय बिकास हुनु पर्ने भन्दै संधै सुन्दरहरैंचा नगरपालिका सहयोगको लागि खुल्ला रहने धारणा ब्यक्त गरे।

निबर्तमान अध्यक्ष रहेका रमेश आचार्यले साधारणसभा पश्चात आयोजित वन्द शत्रमा प्रतिष्ठानको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। अहिलेको प्रतिकुल अवस्थामा पनि न्यून  संगीतकर्मीहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा भावी योजनाको घोषणा पनि गरिएको थियो। उक्त कार्यत्रममा प्रतिष्ठान तथा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान समेत  गरिएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *