ज्ञानज्योतिमा नि:शुल्क आँंखा र कान सम्बन्धि उपचार शिविर
बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सुन्दरहरैंचा -७ गोठगाउँमा रहेको ज्ञानज्योति इंगलिस स्कुलमा नि:शुल्क आँखा तथा कान जाँच शिविर संचालन गरेको छ।
अभिभावकले आफ्ना सन्तानको हेरचाह गरेपनी विद्यालयले समाजिक दायित्व पुरा गर्न आंखा र कानको नि:शुल्क उपचार गर्न शिविर आयोजना गरिएको हो।
उक्त बिधालयका ७ सय बिद्यार्थीले चेकजाँच गरेको प्रिन्सिपल देवि सिटौलाले बताए।
बिद्यालयले गरेको नि:शुल्क आयोजनाबाट बिद्यार्थीमा बढि आँखाको समस्या देखिएको छ। अस्पतालले नि:शुल्क चस्मा बितरण तथा अप्रेसन गर्नु पर्ने भएमा नि:शुल्क हुने समेत प्रिन्सिपल सिटौलाले बताए।
आँखा चेकजाँचबाट ८० जना बिद्यार्थीलाई नि:शुल्क चस्मा बितरण गरेको थियो।
