दुश्मनी भुलेर एकसाथ पूजा र आँचल : छविराज ओझाले बनाउने फिल्ममा रेखा थापा पनि

इटहरी ।  अभिनेत्री आँचल शर्मा र पूजा शर्माबीच सुमधुर सम्बन्ध छैन। यी दुईबीच देखिनेगरी कुनै मनमुटाव भएको छैन। तर बेलाबेला एकले अर्कालाई कटाक्ष गरिरहेका हुन्छन्। अब भने यी दुई अभिनेत्री सँगै पर्दामा देखिने भएका छन्।

निर्माता छविराज ओझाले पूजा र आँचललाई पर्दामा सँगै प्रस्तुत गर्न लागेका हुन्। अनटाइटल निर्माणको तयारीमा रहेको उक्त फिल्ममा अभिनेत्री रेखा थापाले पनि अभिनय गर्ने खबर सार्वजनिक भएको छ।

छविले निर्माण गर्ने उक्त फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने छन्। निर्देशक देउजाले फिलममा आँचल र पूजाले सहकार्य गर्न लागेको पुष्टि गरेका छन्। यो सहकार्यसँगै यी दुई अभिनेत्रीको बीचमा चलिरहेको शीतयुद्ध पनि सकिने अनुमान गरिएको छ।

उद्योगकै दुश्मन नायिकाको ट्याग पाएका पूजा र आँचलले एउटै फिल्ममा सहकार्य गर्न सहमत हुनुले नै उनीहरुबीचको दुश्मनी र इगो कम भएको संकेत गरेको छ। धेरैले उनीहरुको सहकार्य उद्योगका लागि सुखद भएको बताएका छन्। यो फिल्म चैतको दोस्रो साताबाट छायांकनमा जाने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *