बजार हिडेकी गीताको शव घरको सिडीमा भेटियो
मोरङ । मोरङको सुनवर्षी नगरपालिका– १ मा एक महिलाको शव फेला परेको छ । झापाको दमक घरभई सुनवर्षी नगरपालिका– १ रेसम टोलमा रहेको माइती घरमा बस्दै आएकी ३२ वर्षीय गीता बिक मृत भेटिएकी हुन् । प्रहरीका अनुसार गीता आइतबार दिउँसो २ बजे बजार जान्छु भन्दै घरबाट हिडेकी थिइन् ।
तर उनी रातिसम्म आइनन् । राति अबेरसम्म घर नआएकी उनको शव आज विहान माइती घरको सिडीमा फेला परेको प्रहरीले जनाएको छ । आज विहान उनकी बुहारीले घरको सिडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना शंकास्पद भएका कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा पठाएको छ ।