आजकाे माैसम : पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

इटहरी । देशका पहाडी भू–भागमा मौसम बदली रहेको मौसमविदले जनाएका छन् । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको जनाइएको छ ।

आज (आइतबार) पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपराह्नतिर हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि (सोमबार) पनि देशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

पर्सी (मंगलबार) पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही ठाउँमा चट्याङसहित वर्षा हुनुका साथै हावाहुरी चल्ने सम्भावना रहेकोले सचेत रहन अपिल समेत गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ