राष्ट्रिय स्तरको भलिबल खेलमा प्रदेश १ बाट ब्राइटफ्युचरका खेलाडी काठमाडौं प्रस्थान

शिक्षा क्षेत्रमा मोरङकै अबल मानिएको सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको ब्राइटफुचर सेकेन्डरी स्कुलले खेलकुद क्षेत्रमा समेत अबल मानिएको छ।

न्यु डायमण्ड स्पोर्ट्स क्लब काठमाडौले आयोजना गरिएको प्रतिस्पर्धात्मक राष्ट्रिय स्तरको १८ बर्ष मुनिको छात्रा भलिबल प्रतियोगीतामा प्रदेश १ बाट ब्राइटफुचर स्कुल छनौट भएको छ।

प्रथम पटक राष्ट्रिय खेलमा देशभरका बिधालयबाट रेण्डम सेलेकेसनमा ब्राइटफ्युचरको खेलाडी परेको बिधालय प्रिन्सिपल टीकाराम ढकालले बताए।

ढकालले उक्त बिधालयले एक कार्यक्रम गरि आफ्ना बिद्यार्थी खेलाडीलाई प्रस्थानका बिदाइ समेत गरेका छन । ७ वटा टिम बिचमा फाल्गुन ९ गते देखि प्रतिष्पर्धात्मक खेल हुने भएको छ।

खेलाडीहरु छनौट भएर खेल्न जान पाउँदा आफुहरु खुसी भएको र यस्तो खेलमा सहभागी हुने सुनौलो अबसर पाएको सन्ध्या घिमिरे बताउइन।

उक्त खेलमा उत्कृष्ट बिजेता टिमले ५ लाख, दोश्रो उपबिजेताले २ लाख ५० हजार र तेश्रो स्थान हुनेले १ लाख नगद पुरस्कार सान्त्वनाले ५० हजार नगद तथा ट्रफी प्रमाण पत्र पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *