किताकाटको बिषयमा आवश्यक छलफल गरि सम्बोधन गर्ने – मेयर गुरागाईं
चैत्र २ गते सुन्दरहरैंचा
एकिकृत संघर्ष समितीले भु- उपयोग वर्गीकरण पश्चात् किताकाट बन्देजमा सुन्दरहरैंचा नगरपालिकाको अब्यबहारिक नीति बिरुद्ध शान्तिपुर्ण बिरोध कार्यक्रम गर्न पुगेका संघर्ष समितीलाई नगरप्रमुख केदार गुरागाईंले माग सम्बोधन गर्ने गरी फर्काए।

धर्ना दिनु भन्दा अघिल्लो दिन समान्य भेटबर्ता बसेको थियो तर केही जनकारी नदिई , ज्ञापन प्रत्र नबुझाई यसरी धर्ना दिएको प्रती नगर प्रमुखले आपती जनाए।
अघिल्लो दिन आएर मालपोत अड्डाकै कर्मचारीले किताकाटकै बिषयमा प्रमुख प्रशासकीयलाई धाक धम्की दिएर नगरपालिकामा ताला लाउछु भन्दै दिएको अभिव्यक्ति प्रती नगरप्रमुखले सार्वजनिकरुपमै बताउदै एकीकृत संघर्ष समितिलाई आवश्यक छलफल गरेर नजिकका नगरपालिकाहरुसंग सो बिषयमा छलफल भइरहेको बताए।
संघर्ष समितिले बाणिज्यसंघको हलमा सो बिषयमा छलफल गरि नगरलाई ज्ञापन पत्र बुझाउने स्रोतले बताएका छन ।
हामी कसैलाई मार नपार्ने यस बिषयमा अझै गहन छलफल भैरहेको बताउदै नगर प्रमुख गुरागाईंले सबैलाई सम्बोधन हुने गरि निर्णय आउने बताए।