संखुवासभामा आफ्नै बुवाको हत्या गर्ने छोरा पक्राउ

संखुवासभा । संखुवासभा प्रहरीले आफ्नै बाबुको हत्या आरोपमा छोरालाई पक्राउ गरेको छ ।भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या आरोपमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका गोठेको उपचारको लागि अस्पताल लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको थियो । प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *