हातेमालो सहकारीलाई झाँकी प्रदर्शनीमा प्रथम पुरस्कार
एलएन गच्छदार
सुन्दरहरैंचा,
सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा अवस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि.ले राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित झाँकीर्याली प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्दै नगद पुरस्कारसहित सम्मानित भएको छ।
सहकारी दिवसको अवसरमा आयोजना गरिएको झाँकीर्यालीमा सहभागिता जनाउँदै हातेमालो सहकारीले सांस्कृतिक नौमती बाजासहित आकर्षक झाँकी प्रस्तुत गरेको थियो। संस्थाका व्यवस्थापक योजना शर्माका अनुसार, झाँकीमार्फत संस्थाले सहकारी मूल्य, सिद्धान्त तथा समुदायप्रतिको योगदान झल्काउने प्रयास गरिएको थियो।

झाँकी प्रदर्शनीमा उत्कृष्ट प्रस्तुतिका लागि सहकारी संस्थालाई प्रमाणपत्रसहित नगद रु. ५ हजार प्रदान गरिएको हो।
सहकारी क्षेत्रको प्रवर्द्धन र समुदायमा सहकारीको भूमिका उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका छन्।

