द राइजिङ इङलिस बोर्डिङ स्कुलमा ५ दिने उद्घोषण तालिम सुरु

शिव भट्टराई भोजपुरे / माघ २९ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका–१०, विराटचोकमा रहेको द राइजिङ इङलिस बोर्डिङ स्कुल ले पाँच दिने उद्घोषण तालिम संचालन गरेको छ। तालिम मंगलबारदेखि सुरु भएको हो।

तालिमको उद्घाटन विद्यालयका प्रिन्सिपल गोपाल पाठक ले गरेका थिए भने प्रशिक्षणको जिम्मेवारी संचारकर्मी एलएन गच्छदार ले सम्हालिरहेका छन्। उद्घोषण क्षमताको विकास गर्न आयोजित यो तालिममा कक्षा ८ देखि १२ सम्मका ३० जना विद्यार्थी सहभागी छन्।

तालिम बिहान ७ बजे देखि संचालन भइरहेको छ। प्रशिक्षक गच्छदारले उद्घोषण कला, प्रभावशाली प्रस्तुति कौशल, स्वर र उच्चारण सुधार, आत्मविश्वास वृद्धि लगायतका विषयमा प्रशिक्षण प्रदान गरिरहेका छन्।

विद्यालयले विद्यार्थीहरूलाई सञ्चार तथा उद्घोषण कलामा दक्ष बनाउने उद्देश्य का साथ तालिम सञ्चालन गरेको जनाएको छ। सहभागी विद्यार्थीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

विद्यालयका प्रिन्सिपल पाठकले यस्तो तालिम विद्यार्थीहरूको व्यक्तिगत विकासका लागि आवश्यक रहेको बताउँदै, आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *