लाल बहादुरको न्यायका लागि दबाबमुलक कार्यक्रम

जाहेरीकर्ताले निर्दोष भन्दाभन्दै  इटहरीका लालबहादुर विश्वकर्मा ठगी मुद्दामा हाल सुनसरीको‌ झुम्का‌ कारागार चलान भइसकेका छन्।

साधारण ज्याला मजदुरी गर्दै आएका लाल बहादुरको भागमा परेको तिर्नुपर्ने रकम ३ करोड बढी छ। उनलाई अदालतले १ वर्ष ६ महिना जेल सजाय पनि तोकि दिएको छ ।‌

दैनिक ज्याला मज्दुरी गरेर जिविकोपार्जन गर्दै आएका लालबहादुरकाे हकमा जिल्ला अदालत सुनसरीकी न्यायधिश योङ्याले प्रमाण नहेरी हचुवाकै तालमा

फैशला गरिदिदा बिना अपराध कारागार चलान भएका हुन । योङ्गयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै लालबहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय ताेकिदिएकि छिन ।

बिकको न्यायका लागि यति बेला इटहरीमा उजुरी कर्ता समेत समर्थन जनाउदै आन्दोलमा होमिएका छन्।  निर्दोष व्यक्तिलाई जेल चलान भएपछी थप पिडा थपिएको र न्यायले मरेको आन्दोलरत पक्षको भनाई छ। 

 इटहरीको मुख्य चोकमा लाल बहादुरलाई न्याय देउ, दोषी माथि कारबाही गर, उजरी कर्ता के भन्छन लाल बहादुर निर्दोष छन् लगायत नारा लगाएका छन। 

उजुरीकर्ताहरूले लालबहादुर निर्दोष रहेको र उनिसंग कुनै कारोबार नगरेको भनी अदालतमै बयान दिएपनि जिल्ला अदालत सुनसरी, जिल्ला न्यायाधीश निर्मला योङ्याको इजलासले कसैको नसुनी एकतर्फी फैशला सुनाइदिदा निर्दोष लालबहादुर अहिले कारागार चलान हुन पुगेका छन । न्यायधिश योङ्गया अवैध रूपमा बैंक तथा वित्तीय सस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गर्दै मुख्य साहु कृष्ण, उनका तीन छोराछोरीसहित लालबहादुरलाई पनि थुनामा राख्ने आदेश दियो ।

लालबहादुरलाई अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको कसुरमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय तोकियो । बिहान बेलुका छाक टार्न पनि धौ धौ पर्ने लालबहादुरलाई अदालतको न्यायधिशले गरेको एकल फैशलाले अहिले मर्नु न बाच्नुको बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *