सुन्दरहरैँचामा मुसहर समुदायका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

एलएन गच्छदार / सुन्दरहरैँचा, फागुन २४

सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा नगरका १२ वटा वडामा अध्ययनरत मुसहर समुदायका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

नगरपालिकाका उपप्रमुख अकली चौधरी स्वयम् विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेकी हुन्। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको आफ्नो वडाको आधारभूत विधालयका मुसर सामूदायका विद्यार्थीहरूलाई न्यानो स्वेटर र झोला प्रदान गरिएको वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठले जनकारी दिए ।

कार्यक्रममा उपप्रमुख चौधरीले शिक्षा नै समृद्धिको आधार भएकाले सबै बालबालिकाले पढ्न पाउनुपर्ने बताउँदै नगरपालिकाले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नगरमा ३६ वटा स्कुल मधे १९ वटा स्कुलमा मुसर समुदायका बिधार्थिहरु पठनपाठन गर्दै आएका छ्न।
स्थानीय विद्यालयका शिक्षक, तथा नगरपालिकाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरू उत्साहित देखिएका थिए। नगरपालिकाको यो पहलले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *