लर्डबुद्ध साकोसद्वारा छैटौँ अन्तरविद्यालय स्तरीय वक्तृत्त्व कला प्रतियोगिता

पथरी शनिश्चरे,माघ २२
मोरङको पथरी शनिश्चरे वडा नम्बर २ मा रहेको लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले छैटौँ अन्तर्विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ।
आज मङ्गलबार उक्त साकोसले पथरी शनिश्चरे नगर क्षेत्र भित्रका विभिन्न विद्यालयहरुको सहभागितामा उक्त प्रतियोगिता आयोजना गरेको हो।
होटल पाल्पामा आयोजित सो प्रतियोगितामा पथरी शनिश्चरे वडा नम्बर ९ को सिंहवाहिनी माविकी छात्रा सरु आचार्य, वडा नं १ को पञ्चायत माध्यमिक विद्यालयका छात्र सौभाग्य मिश्र र वडा नम्बर १ कै न्यू पेगोडा इङ्लिस स्कूलका छात्र सरमन ढुंगेल क्रमश: प्रथम, दृतिय र तृतीय स्थान हासिल गर्न सफल भए भने वडा नं ०७ को चन्द्रकिराँतेश्वर माविकी छात्रा खुशी आङ्गदेम्वे र वडा नम्बर २ मा रहेको रेडस्टार माविका छात्र आराध्य खड्का सान्त्वना स्थान हासिल गर्न सफल भए।
प्रतियोगितामा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड मोरङका कोषाध्यक्ष डि.बी. थापा र टंक अधिकारी निर्णायक रहनुभएको थियो।
लडबुद्ध साकोसका अध्यक्ष धनराज राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन सचिव महेन्द्र ढुङ्गानाले गर्नुभएको व्यवस्थापक गणेश कुमार वाछाना राईले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *