मोरङ प्रहरी प्रमुख चिमरीया सम्मानित

योगेन्द्र योगी
बिराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया सम्मानित भएका छन्।  सुन्दरहरैचा नगरपालिका – १० मा रहेको सुकुना माध्यमिक बिद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सम्मान गरिएको हो।

एसपी चिमरीयालाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओडाएर कदरपत्र सहित सम्मान गरेका हुन्। सुकुना माध्यमिक बिद्यालयमा अध्ययन गरेर हाल मोरङ जिल्ला प्रहरी प्रमुख,प्रहरी उपरीक्षक बन्न सफल भएको भन्दै सम्मान गरिएको प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले जानकारी दिए।
‘यस बिद्यालय अध्ययन गरेर हाल मोरङकै प्रहरी प्रमुख भएर यहाँ आउदा हामी हर्षित भएका छौ,प्रधानाध्यापक बस्नेतले भने। उनी करिव दुई महिना अघिमात्र मोरङ प्रहरी प्रमुख भएर आएका हुन्। सुनसरीको दुहबीस्थित नेपाल प्रहरीको विशेष सुरक्षा गणमा कार्यरत चिमरियालाई मुख्यालयले काजमा मोरङ सरुवा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *