दिदी भिनाजुले झगडा गरेपछि पाहुना आएकी सालीले गरिन् देहत्याग

झापा : झापाको बिर्तामोड–५ सुकुम्बासी टोलमा दिदी भिनाजुको कोठामा बस्दै आएकी एक महिलाले शुक्रबार राति झुन्डिएर आत्महत्या गरेकी छन् ।

छवि विकको घरमा कोठा भाडामा बस्दै आएकी विमला दर्नालकी बहिनी २५ वर्षीया कोपिला दर्नाल लिम्बूले राति ८ः४५बजे झुन्डिएर आत्महत्या गरेकी हुन् ।उनले कोठाको सिलिङमा रहेको फलामको रडमा कपडाको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनी विगत तीन महिनादेखि दिदी भिनाजुसँग बस्दै आएकी थिइन् । दिदी भिनाजुबीच झगडा परेपछि उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । कोपिलाका श्रीमान कारागारमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *