सुन्दरहरैँचामा अनेमसंघ वडाको तीज विशेष कार्यक्रम सम्पन्न

सुन्दरहरैचा : नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ )सुन्दरहरैँचा वडा -१२ आयोजना गरेको तीज विषेश कार्यक्रम सम्पन्न  गरेको छ । शुक्रबार सुन्दरहरैँचा-१२ स्थित शिद्देश्वर मन्दिरको सभाहलमा तीज विषेश कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रमको प्रमुख अतिथि अनेमसंघ केन्द्रीय सदस्य  तथा सुन्दरहरैँचा नगरपालिकाकी पूर्व उपमेयर धनादेवी तामाङले महिला अगुवा नै तीजलाई रितीरिवाज, संस्कार र संस्कृतिको मर्मअनुसार संरक्षण गर्नुपर्ने दायित्वलाई नेपाली नारीहरुले आत्मसात गर्दै लगेको बताईन्।

विगतमा तीजमा तडकभडक भएको भनी धेरै बहस चलेका कारण सचेत महिलाले परम्परा र संस्कृति जोगाउँदै समाजलाई एकताको सूत्रमा गाँस्ने नारी पर्वको रुपमा तीजलाई मनाउन थालिएको सुन्दरहरैचा-१२ की वडा सदस्य निलम थापाले बताईन्।

घरघरमा मात्र मनाउने पुरानो चलन भए तापनि सामूहिक रुपमा तीज मनाउने नयाँ चलनले महिलाको सामाजिक चेतना र एकताको स्तर बढाउन मद्दत पुगेको अनेमसंघ नगर उपाध्यक्ष भगवती अर्यालले बताइन् । 

कार्यक्रम सुन्दरहरैचा -१२ वडा अध्यक्ष रोशन प्रसाद ढकाल,नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य राजकुमार ओझा,एमाले सुन्दरहरैँचा नगर कमिटी अध्यक्ष मातृका प्रसाद ढकाल लगायतले तीजको शुभकामना दिएका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *