कोशी प्रदेशमा लागुऔषध सहित ६ जना पक्राउ
बिराटनगर : झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका-९ स्थितमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर-९ का ४६ बर्षीय अरेन्जय राजवंशी र २५ वर्षिय कृष्ण राईलाई २ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको भोक्राहा-६ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा को. १९ प १३१८ नम्बरको मोटरेसाईकलमा सवार रहेका रामधुनी नगरपालिका-३ का १९ बर्षीय रुपेस चौधरी १९ बर्षीय उत्सव चौधरीलाई २ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यस्तै मोरङको इलाका प्रहरी कार्यालय पथरीपथरीले शनिश्चरे नगरपालिका ८ का २५ बर्षीय दिपेश माझीलाई २ ग्राम ब्राउन सुगर सहित र उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००१प २२२७ नम्वरको स्कुटर चालक त्रियुगा नगरपालिका ९ का २७ बर्षीय पंकज बस्नेतलाई प्रतिबन्धित औषधी ३० एम्पुल, ४४ पिस क्यापसुल सहित पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ
