लाटीझेाडा साझेदारी वनकाे ९ औं वार्षिक साधारणसभा सम्पन्न
सुन्दरहरैचा : लाटीझेाडा साझेदारी वन उपभोक्ता समूहकाे ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा रहेको साझेदारी वनले मंगलबार सिक्देल भवनमा आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको हो। कार्यक्रममा सो सामुदायिक वनका अध्यक्ष यसोन श्रेष्ठ(मिलन) ले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपस्थित सबैलाइ धन्यवाद व्यक्त गरे ।
सामुदायिक वनको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै लाटीझेाडा सामुदायिक वनका लेखा समिति मनोज दाहाले आफुहरुको हिसाव र कारोवारमा पारदर्शी रहेको बताएका थिए । वन संरक्षण र सम्बर्द्धन कार्यमा आफूहरु अहोरात्र लागेको अध्यक्ष यसोन श्रेष्ठ(मिलन) ले बताए । अबको बन्दसत्रमा आगामी नीति तथा कार्यक्रम कस्तो खालको बनाउने भन्ने बारे पनि छलफल हुने उनले बताए। कार्यक्रमा वन रक्क्षक कुमार बस्नेतलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने वन हेरालुहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति (जिसस) मोरङका प्रमुख अजम्बर राई,विशिष्ट अतिथि डिभिजन वन कार्यालय माेरङका प्रमुख विष्णुलाल घिमिरे विभिन्न वडाका वडाध्यक्षहरु,वनका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।








