सुन्दरहरैँचामा उपमेयर कप महिला भलिबल  हुने

सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरेैँचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिकाे आयाेजनामा उपमेयर कप महिला भलिबल २०८१ हुने भएको छ ।

  उपमेयर कप महिला भलिबल
प्रतियाेगिता  बैशाख २७ मा उदघाटन भएर २९ गते सम्म आयाेजना हुने   पत्रकार सम्मेलन गरि आयाेजकले जानकारी गराएकाे छ । अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबलमा ८ वटा टिमकाे सहभागिता रहने तथा रू ३ लाख खर्च लाग्ने आयाेजक समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठले जानकारी दिए ।

  महिला भलिबल प्रतियाेगितामा लेटाङ ,  ,सुन्दरहरैँचा  ,पथरी  ,बुढीगंगा ,रतुवामाई, कानेपाेखरी, बेलबारी, केराबारी, लगायतका पालिकाका टिमहरूले सहभागिता जनाउँने उल्लेख गरिएको छ ।

  नगरकाे सुकुना माविकाे खेल मैदानमा हुने  महिला भलिबल प्रतियाेगितामा प्रथम हुने टिमले रू ५० हजार तथा दाेस्रो हुनेले रू २५ हजारका  साथै उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारकाे व्यवस्था गरिएकाे आयाेजक समितिका सदस्य तथा नगर प्रवक्ता राेनशप्रसाद ढकालले जानकारी दिए। उनले स्वास्थ्यका लागि समेत खेलकुदकाे आवश्यकता भएकोले खेलाडीलाई प्राेत्साहन गरि खेलक्षेत्रकाे विकासका लागि समेत महिला भलिबल प्रतियाेगिता आयाेजना गर्ने तयारी गरिएकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *