सुनसरी र मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु
इटहरी । मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट १ जना बालकसहित ३ जनाको मृत्यु भएको छ।मोरङको सुन्दरहरैचा नगरपालिका–४ चरिगुवा स्थित भित्रि सडकमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ त ३०५४ नम्बरको ट्याक्टरले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घटना हुँदा साइकल चालक सोही स्थान बस्ने धर्मलाल सरदारको छोरा ९ वर्षीय मिलन सरदार घाइते भएका थिए।
घाइते बालकको बिराटनर्सिङ होम अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। यसैगरी सुनसरीको बर्जु गाऊपालिका १ गोपि चोक स्थितमा रोकी राखेको को १ त ६७७४ नम्बरको ट्याक्टरमा को ३४ प ६४७८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाइते भएका मोटरसाईकलमा सवार मोरङको रंगेली नगरपालिका १ बस्ने २७ वर्षीय धिरेन्द्र सरदार र सुनसरीको बर्जु गाऊपालिका ५ बस्ने २६ बर्षीय निरज सरदारको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।