एक वर्ष टिकेन वर्षाको वैवाहिक सम्बन्ध : आशिषले गरे दोस्रो विवाह

अभिनेत्री वर्षा शिवाकोटीले गत वैशाखमा विवाह गरेकी थिइन्।तर अमेरिका निवासी आशिष गेलालसँग लगनगाँठो कसेको १० महिने यात्रा पूरा नहुँदै वैवाहिक जीवन टुटेको छ।बिहेको एक वर्ष पनि नपुग्दै यी दुईको सम्बन्धमा बिराम लागिसकेको छ। उनका पति आशीषले दोस्रो विवाह गरेका छन्।

गत वैशाखमा परिवारका सीमित सदस्यबीच जोडी बनेका वर्षा र आशिषको मागी बिहे भएको थियो।आशिषसँग विवाह गरेपछि वर्षाले नयाँ जिन्दगी सुरु गरेकोमा खुशी भएको भन्दै स्टाटस पोस्ट गरेकी थिइन्। विवाहपछि आशिष वर्षालाई नेपालमै छोडेर अमेरिका गए। केही समय आफ्नो फिल्म ‘लक्का जवान’को प्रमोसन गरेर वर्षा श्रीमानलाई भेट्न अमेरिका गइन्।

त्यसपछि नेपाल फर्किएकी वर्षाले श्रीमानलाई सामाजिक सञ्जालमा अनफलो गरिन्। आशिषले पनि वर्षालाई सामाजिक सञ्जालबाट हटाए।वर्षाले इन्स्टाग्रामबाट विवाहका तस्बिर हटाइन्। फेसबुकमा भने विवाहका तस्बिर केही समय अघिसम्म थिए। श्रीमानले अर्कै विवाह गरेपछि वर्षाले ती तस्बिर हटाएकी छन्।

सामाजिक सञ्जालको फलो र अनफलोलाई हेरेर धेरैले उनीहरुको सम्बन्ध बिग्रिएको लख काटिरहेका थिए।तर वर्षा र आशिष दुवैले आफ्नो सम्बन्धबारे केही बोलेनन्। आशिषले नबोलेरै सकिएको सम्बन्ध जानकारी दिएका छन्।उनका आफन्तले आशिषको दोस्रो विवाहको फोटो सार्वजनिक गरेपछि यो खबर बाहिर आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *