घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) एकै दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख एक हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख दुई हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा एक लाख दुई हजार रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत ह्वात्तै घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । योसँगै आज चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ