११३ औं अन्तर्राष्ट्रिय नारी दिवसमा राष्ट्रिय महिला अधिकार मञ्चको बिबिध कार्यक्रम
मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -३ मा रहेको लक्ष्मीनारायण मन्दिरको जेष्ठ नागरिक हलमा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस बिबिध कार्यक्रम गरि मनाएको छ।
राष्ट्रिय महिला अधिकार मञ्च जिल्ला कार्यसमिति मोरङको आयोजनामा “लैंगिक समनाताको बलियो आधार: सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” भन्ने नाराका साथ मनाएको हो। उक्त कार्यक्रम संस्थाकी अध्यक्ष रिता दहालको सभाध्यक्षमा संचालन भएको थियो भने उक्त कार्यक्रमको उदघाटन वडा महिला सदस्य पुर्णमाया लिम्बुले गरिन।

महिला अधिकारको मुद्दा लामो समय देखि उठेपनि पितृसतात्मक सोच अझै हट्न सकेको छैन । महिलाका हक अधिकार कानुनी रूपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको सरोकारवालाले बताएका छन् । उक्त कार्यक्रम नेपाल बार एसोसिएसन मोरङका सह सचिब तथा अधिवक्ता अंजना संग्रौलाले महिला अधिकारको बारेमा प्रष्ट पारेकी थिइन् ।
उक्त नारी दिवसको अवसरमा सचेतना तथा सम्मान कार्यक्रम समेत गरिएको थियो भने कार्यक्रम संचालन सोही संस्थाका सचिव रिता खडकाले गरिन।
कार्यक्रममा जेष्ठ नागरिक समाज , गछिया जेसिज, प्रहरी चौकी गछिया, स्थानिय समाजसेवी तथा बुद्धिजीवी, पत्रकार लगायत प्रतिनिधिको उपस्थिति रहेको थियो।
सुन्दरहरैंचा नगरपालिका वडा -३ कार्यालय, जेष्ठ नागरिक समाज, लक्ष्मीनारायण सृजनशिल महिला मञ्चल्ले उक्त कार्यक्रमलाई सहकार्य गरेको थियो।
नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ का दिन महिला कामदार माथिको श्रम शोषण विरुद्धको आवाज उठाएको दिनको सम्झनामा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।




