खुल्ला नकाउट फुटबल प्रतियोगिता माघ २५ गतेबाट

मोरङको सुन्दरहरैंचा नगरापालिका -१२ मा सुन्दरहरैंचा वडास्तरीय खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ। राष्ट्रिय युवा संघ नेपाल वडा -१२ को आयोजनामा अगामी माघ २५ गतेबाट सुरु हुने पत्रकार सम्मेलनबाट जनाएको छ।

नगरभरीका १२ वटा वडाको सहभागीता रहनेछ भने खेल शुक्रवारे मैदानमा हुने आयोजकले जनाएको छ।

स्व.बुवा दुर्गा प्रसाद सुबेदीको नाममा छोरा टिका प्रसाद सुबेदीले प्रथम पुरस्कारका लागि रु. ५१ हजार र स्व कबिता लिम्बुको समझानामा श्रीमान गोपाल लिम्बुले दोश्रो पुरस्कार ३० हजार सहयोग गरेको खेल संयोजक आनन्द बस्नेतले बताए।

युवा संघले प्रतियोगिता आयोजना गरे पनि यसलाई राजनीति हिसाबले नहेरी नगरभित्रकै युवालाई खेलकुद क्षेत्रमा अगाडी बढाउन उत्प्रेरित गर्ने उद्धेश्यले आयोजना गरिएको नगरपालिका प्रवक्ता रोशन ढकालले बताए। साथै खेलकुद बिकासका लागि नगरपालिकाले खेलकुद बिकास समिति छिट्टै गठन गरिने बताए ।

खेलका लागि अनुमानित ८ लाख खर्च हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *