यातायातका हाकिमलाई मोसो, लाइसेन्स वितरणमा घुस लिने गरेको आरोप

धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन्। घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन्। 

पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन्। 

‘लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल-विचौलिया प्रयोग गरी सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा प्रतिव्यक्तिय १० हजारदेखि १८ हजारसम्म घुस लिने गरेको प्रमाणित भएकाले चेतावनीस्वरु सांकेतिक कारवाही गरेका हौँ’, घलेले भनेका छन्। 

घलेले सेवाग्राहीबाट लुइँटेलले घुस लिने गरेको कुरा जिल्ला संगठन समितिअन्तर्गतको न्यायिक समितिमा उजुरी आएको दाबी गरेका छन्। छानबिनका क्रममा घुस लिएको प्रमाणित भएपछि मोसो दलिएको उनको जिकिर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *