ब्राइट फ्युचरको चमक: प्रदेशस्तरीय उपाधि सुन्दरहरैंचामा

प्रदेशस्तरीय भलिबलको फाइनलमा ब्राइट फ्युचर स्कूल विजयी, आदर्श स्कुल धरानलाई ३ सेटको कडा प्रतिस्पर्धामा पराजित

एलएन गच्छदार , सुन्दरहरैंचा।

झापाको दमकमा आयोजित प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनल खेलमा ब्राइट फ्युचर सेकेण्डरी स्कूल विजयी भएको छ। दमक भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न फाइनलमा ब्राइट फ्युचरले आदर्श स्कुल, धरानलाई रोमाञ्चक सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

खेल तीन सेटसम्म तानिएको थियो।
पहिलो सेटमा ब्राइट फ्युचरले २५–५ को स्पष्ट अन्तरले जित दर्ता गरायो।
दोस्रो सेटमा आदर्श स्कुल धरानले लय फर्काउँदै २३–२५ ले सेट आफ्नो पक्षमा पुर्‍यायो।
तर निर्णायक तेस्रो सेटमा ब्राइट फ्युचरले बलियो टीम–समन्वय, सर्भिस र अट्याक प्रदर्शन गर्दै २५–२३ ले सेट तथा खेल दुवै जित्यो।

विजयी टोलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद रु २०,००० प्राप्त गरेको आयोजक समितिले जानकारी गरायो।

प्रतियोगिताले विद्यार्थीको सहभागिता, आत्मविश्वास, खेल भावना र शारीरिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको बताइएको छ।
ब्राइट फ्युचर विद्यालयका प्रशिक्षक र विद्यालय व्यवस्थापनले निरन्तर अभ्यास र एकताबद्ध खेल शैलीलाई सफलता प्राप्तिको मुख्य आधार भएको बताएका छन्।

विजयसँगै विद्यालय तथा अभिभावकहरुमा उल्लासपूर्ण वातावरण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *