इन्द्रपुर जुनियर जेसिजद्वारा चकलेट डे विशेष कार्यक्रम
एलएन गच्छदार / सुन्दरहरैंचा, मोरंग
चकलेट डे को अवसरमा इन्द्रपुर जुनियर जेसिजले सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा रहेको चन्डेश्वरी आधारभूत विद्यालयका बालबालिकाहरूका लागि विशेष कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको मुख्य आकर्षणहरूमा स्वीट रेस र हट पोटाटो खेल समावेश थिए।
बालबालिकाको मनोरञ्जनका लागि हट पोटाटो जस्ता खेलहरू समावेश गरिनुका साथै स्वीट रेस ले प्रतिस्पर्धात्मक र रमाइलो वातावरण सिर्जना गर्यो। यी खेलहरूले बालबालिकाको आत्मविश्वास, सहकार्य, र मस्तीमा योगदान पुर्याएको बताइएको छ।
कार्यक्रमको अन्त्यमा इन्द्रपुर जेसिजका अध्यक्ष आकाश दुलालले बालबालिकाप्रति आफ्नो विचार व्यक्त गर्दै भन्नुभयो,-“हाम्रो समाजको उज्ज्वल भविष्य बालबालिकाहरू हुन्। उनीहरूको प्रतिभा उजागर गर्न र उनीहरूलाई शिक्षामा थप प्रेरित गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण छन्।” अध्यक्षले बालबालिकाको शैक्षिक सुधारका लागि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो।
जुनियर जेसिजका अध्यक्ष आयुस अधिकारीले शिक्षा र सहयोगको महत्व औंल्याउँदै समाजमा यस्ता सकारात्मक गतिविधिहरूलाई अघि बढाउँने जनाउनुभयो।
यस अवसरमा सबै सहभागी बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरियो। कार्यक्रममा विद्यालयका शिक्षक, पत्रकार, जुनियर जेसिजका पदाधिकारी सक्रिय उपस्थिति रहेको थियो। इन्द्रपुर जुनियर जेसिजको यो पहलले बालबालिकामा प्रेरणा र उत्साह सञ्चार गरेको छ।
