सुन्दरहरैंचामा आगलागी: लाखौंको धनजन क्षति, मानवीय क्षति टर्यो
-
एलएन गच्छदार
सुन्दरहरैंचा-२ स्थित दिप बहादुर खुलालको घरमा गए राति भीषण आगलागी भएको छ। मंगलबार राति करिब १ बजे लागेको आगोका कारण लाखौंको धनजन क्षति भएको छ भने कुनै मानवीय क्षति भने हुन पाएन।
प्राप्त परिवार स्रोतको जानकारीअनुसार आगलागीबाट घरको संरचनामा क्षती, ६८ हजार रुपैयाँ नगद, डेढ तोला सुन तथा अन्य सामान पूर्ण रूपमा नष्ट भएका छन्।
साथै, घरमा रहेका तीनवटा बाख्रा/खसी जलेर मरेका छन् भने तीनवटा घाइते भएका छन्। यद्यपि, मानवीय क्षति भने हुन नपाएको स्थानीय प्रशासनले जनाएको छ।
आगलागीको खबर पाएलगत्तै सुन्दरहरैंचा र बेलबारी नगरपालिकाका वारुण यन्त्र, इलाका प्रहरी कार्यालय तथा स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।
स्थानिय प्रशासनले आगलागी न्यूनीकरण तथा सुरक्षाका उपायहरू अवलम्बन गर्न सबैलाई सतर्क रहन आग्रह गरेको छ।
